
समुह अनुसार हेर्नसहोस
स्थानीय
शिक्षा र रोजगारमा कोरियाली सरकारको योगदान उच्च छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शिक्षा र रोजगारका क्षेत्रमा कोरिया सरकारले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
शनिबार नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसरमा…
साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।
भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र…
उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र…
बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध…
उद्दार, राहत तथा घाइतेहरुको उपचारमा सरकार गम्भीर भएर लागि परेको गृहमन्त्रीको दाबी
काठमाडौं । गृहमन्त्री रमेश लेखक बिहीबारदेखिको निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको दाबी गरेका छन् ।…
विपद् व्यवस्थापनका लागि महानगरपालिकाद्वारा तीन सय नगर प्रहरी परिचालन
काठमाडौं । काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सय नगर प्रहरी परिचालन गरेको छ ।
महानगरपालिकाले विपद्का कारण जोखिममा परेका स्थानीयको उद्धारका लागि तीन…
घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीयको गुहार ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’
काठमाडौं । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ ।
वर्षाका कारण काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा…
च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा
ललितपुर । च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ ।
गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो ।
ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल…
लामो यात्रा गर्दै हुनुहुन्छ ? यी सडक पहिरोले थुनिएका छन्
काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ ।
वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् ।…
कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए : नदीको भेल उदयपुर र सुनसरीमा पस्ने जोखिम
सुनसरी । निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ ।
जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ८ बजे चार लाख १८ हजार…