
समुह अनुसार हेर्नसहोस
अपडेट
त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक गम्भीर
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । आज बिहान करिब साढे ६ बजेतिर कोइला बोकेको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् ।
बागमती प्रदेश-०३-००१ ख…
कुलमानको बर्खास्तीपछि रविको मौनता तोडियो- ‘अन्तिम निर्णय जनताले लिन्छन्’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति चौतर्फी प्रतिक्रिया आइरहेका छन् । सरकारले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक…
आज देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली…
बालेनको आक्रोश- सबैलाई टुकुचामा गाडिदिन्छु
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुकमार्फत सरकारप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । उनले महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएकोप्रति आक्रोश व्यक्त गर्दै चेतावनी दिएका छन् ।…
संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने विषयमा ओली,देउवा र प्रचण्डबीच सहमति
काठमाडौं । सिंहदरबारमा सोमबार तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ ।
सर्च कमिटी गठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र…
हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन सांसदहरूको माग
काठमाडौँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सांसदहरूले माग गरेका छन् ।
सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । हवाई भाडा महँगो भएकै कारण…
गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले स्पष्ट पारे…
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : शिक्षामन्त्री भट्टराई
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिएका छन् ।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा,…
अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण
एजेन्सी । संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।
‘आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,’ उनले विमानस्थलमा बताए । ‘हामी…
झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
भद्रपुर । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।…