Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो…

विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं

काठमाडौँ । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) बिहान ११:२८ बजे १८३ पुगेको छ । पाकिस्तानको…

नेपाली महिला टोली उत्साहित, घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि सुरु हुने च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् । आगामी फागुन ५ गतेदेखि दशरथ…

जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो, यसको प्रेरणा सयौँ वर्षसम्म रहने छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका बलमा संविधान सभाबाट स्थापित मान्यताहरूलाई एकथरी तत्त्व, विचार र प्रवृत्तिले उल्टयाउने कोसिस गरिरहेको बताएका छन् । ३० औँ जनयुद्ध दिवसका अवसरमा…

बिहीबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा…

लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता

गण्डकी । लुम्बिनी र गण्डकी प्रदेश सरकारले दुवै प्रदेशको रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा आज सम्पन्न अन्तर…

२७ करोड ७३ लाख अमेरिकी अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ । यही…

लगानीको वातावरण बनाउन सरकार तयार : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन् । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को आज आयोजित शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र…

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्धाको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन विभिन्न संवैधानिक परिषद्मा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्धाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा भएको बहस…

राजनीतिक दल सम्बन्धी विधेयक संसदमा ल्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् । बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले…