
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
ज्ञानेन्द्र शाहले मुख नमिठ्याए हुन्छ : विष्णु रिजाल
काठमाडौं । सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा कसैले फर्काइ दिन्छ भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो सात साल नभएको भन्दै शाहलाई यस्तो आग्रह गरेका…
वुमेन्स डे महिला टि-२० आई सिरिज : हङकङको सामना गर्दै नेपाल
काठमाडौँ । वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले सोमबार हङकङको सामना गर्दैछ।
यो खेल नेपाली समय अनुसार दिउँसो ४: ४५ बजेदेखि सुरु हुनेछ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले…
भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि
काठमाडौँ । भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।
न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको…
काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार पोखराबाट काठमाडौंमा आइपुगेका हुन् ।
गत माघ २७ गते पोखरा आएका पूर्वराजा शाह समिट एयरको चार्टर विमानमार्फत दिउँसो साढे तीन बजे पोखराबाट उडेका थिए । पोखरा…
पूर्वराजाको स्वागतमा त्रिभुवन विमानस्थलमा लिङदेन
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन त्रिभुवन विमानस्थल पुगेका छन् । पूर्वराजा शाह समिट एयरको विमानमार्फत पोखराबाट काठमाडौंका लागि…
पूर्वराजा आउने भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौँ । त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको हो ।
हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरूलाई…
श्रीमतीसहित पोखरा गए रास्वपा सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतको तारिख बुझ्न कास्की पुगेका छन् । उनको सचिवालयका अनुसार, उनी आज जिल्ला अदालत कास्कीमा उपस्थित भएर कानुनी प्रक्रिया पूरा गर्दै छन् ।
लामिछानेसँग उनकी पत्नी…
पूर्वराजाको स्वागतमा राप्रपा अध्यक्ष लिङ्देन नजाने
काठमाडौं । पोखराबाट काठमाडौं फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुले काठमाडौंमा विशेष तयारी गरेका छन् । राजावादी समर्थक तथा विभिन्न राजनीतिक दल र संघसंस्थाहरुको पहलमा भव्य र्यालीको आयोजना गरिएको हो ।…
काठमाडौंमा राजावादीहरुको शक्ति प्रदर्शन तयारी, सुरक्षाकर्मी ‘हाई अलर्ट’मा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनलाई अवसर बनाएर राजधानीमा राजावादी शक्तिहरूले प्रदर्शन गर्ने तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न राजावादी संगठनहरूले विमानस्थलमा भव्य स्वागत कार्यक्रम आयोजना गर्ने…
कुलमान घिसिङलाई हटाउने प्रयास गरेर सरकारले बदनाम कमायो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरेर अनावश्यक विवाद सिर्जना गरेको बताएका छन् ।
शनिबार सिन्धुली-१ को क्षेत्रीय सम्मेलनमा बोल्दै…