
समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो, यसको प्रेरणा सयौँ वर्षसम्म रहने छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनका बलमा संविधान सभाबाट स्थापित मान्यताहरूलाई एकथरी तत्त्व, विचार र प्रवृत्तिले उल्टयाउने कोसिस गरिरहेको बताएका छन् । ३० औँ जनयुद्ध दिवसका अवसरमा…
२७ करोड ७३ लाख अमेरिकी अनुदान स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
यही…
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्धाको सुनुवाइ हेर्दाहेर्दैमा
काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन विभिन्न संवैधानिक परिषद्मा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्धाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा भएको बहस…
राजनीतिक दल सम्बन्धी विधेयक संसदमा ल्याउँछौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् ।
बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले…
ओलीको टिप्पणी- हात्तीको सिकार खेल्छु भनेर स्याल जम्मा भएर कुदेका छन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्त्वलाई बोकेर पार नलाग्ने बताएका छन् ।
बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…
निजामती सेवा विधेयकको पाँचौँ दफा पारित
काठमाडौँ । संघीय निजामती सेवा विधेयकको पाँचौँ दफा राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा पारित गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको समिति बैठकले दफा ५ मा उल्लेख गरिएका स्वास्थ्य र संसद सेवालाई थाँती राख्दै अन्य सेवाहरू…
यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय
काठमाडौँ । सरकारले बिमा नियमावली, २०८१ स्वीकृत गरेको छ ।
माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बिमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।
त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स…
बढ्यो नेप्से परिसूचक,८ अर्ब ७१ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।
आज तीन सय सात कम्पनीको एक करोड ५५ लाख २० हजार पाँच…
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
बबरमहलमा मेलम्चीको पाइप फुट्यो, सरकारी कार्यालयमा डुबान
काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ ।
काठमाडौं जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो ।
मेलम्ची खानेपानीको मुख्य पाइप नै फुटेपछि अहिले बबरमहल आसपास रहेका सरकारी कार्यालय…