Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो

काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले…

५२ अङ्कले बढ्यो नेप्से परिसूचक, ९ अर्ब २० करोड बढीको कारोबार

काठमाडौं । आज (बुधवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो । तीन सय २२ कम्पनीको एक करोड ७६…

सन्दीप लामिछाने क्यानको कारबाहीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका छन् । लामिछानेलाई अनुशासनको कारवाही गरिएको क्यानले जनाएको छ । गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला…

अछाममा १ हजार ८६ जनाले छाडे एमाले, भीम रावललाई सघाउने

काठमाडौँ । अछामका १ हजार ८६ जनाले नेकपा एमाले परित्याग गरेका छन् । एमाले परित्याग गरेर उनिहरूले एमालेबाट निष्कासित नेता डा.भीम रावलको मातृभूमि जागरण अभियानमा सहभागी भएका छन् । अछामबाट नेकपा एमालेका विभिन्न विभाग तथा कमिटीमा रहेका…

प्रधानमन्त्री ओलीले किन गरे सरकार संकटको संकेत ?

काठमाडौं । नेपालको राजनीतिक वृत्तमा सत्ता गठबन्धन बन्नु र भत्कनु सामान्यजस्तै बनेको छ । प्रतिनिधिसभा निर्वाचनको दुई वर्ष नपुग्दै पटक-पटक सत्ता समीकरण फेरिएका घटना यसका उदाहरण हुन् । ०७९ साल मंसिरमा सम्पन्न आमनिर्वाचनपछि कांग्रेस र…

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार…

एमाले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन् । सोमवार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र…

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको आज आयोजित ५८ औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले…

अमेरिकाका नव निर्वाचित राष्ट्रपति ट्रम्पले आज शपथ ग्रहण गर्दै

वासिङ्गटन डिसी । संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनि गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित भएका थिए । अमेरिकामा…

नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन जोड्यो । नेपालका लागि कप्तान पूजा…