Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आजको मौसम : बदली, हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेश र…

युगान्डामाथि नेपालको सङ्घर्षपूर्ण जित

काठमाडौं । नेपालले युगान्डामाथि सङ्घर्षपूर्ण जित दर्ता गरेको छ । वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेपालले १ विकेटको सङ्घर्षपूर्ण जित निकालेको हो । ७६ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा…

अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ : सांसद गौतम

काठमाडौं । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले अहिले नेपाली समाज संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएकी छन् । राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले संक्रमणकालमा अपेक्षित उपलब्धि…

शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँ : नारायणदत्त मिश्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरुलाई लामो समय…

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार…

महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुन्छ : इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताएकी छन् । शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले ठूला कुरा गरेर भन्दा…

चार प्रदेशमा हल्का वर्षा, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी…

नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’बाट सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक ‘कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने वाणिज्य बैंक विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक…

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

काठमाडौं । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडक समेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर…

बालेनविरुद्ध खनिए गण्डकीका मन्त्री- चर्का कुरा गर्न हामीलाई पनि आउँछ हेक्का राख भाइ !

काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध कडा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि पाठकले…